लक्ष्मी लघुवित्त १४ वर्ष पुरा भइ १५ वर्षमा प्रवेश

शुक्रबार, १४ मंसिर २०८१, १३ : ०२

काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. स्थापनाको १५औँ वर्षमा प्रवेश गरेको छ ।

लक्ष्मी सनराइज बैंक लि.को सहायक कम्पनीका रूपमा स्थापित यो संस्था आज शुक्रवारबाट १४ वर्ष पुरा भई १५ वर्ष प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा संस्थाले सम्पूर्णप्रति आभार व्यक्त गरेको छ ।

‘हामीप्रति विश्वास र सद्भाव राख्नु हुने सम्पूर्ण ग्राहक महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दछौँ । साथै, यस अवधिमा हामीलाई निरन्तर सल्लाह, सहयोग, सुझाव एवं मार्गदर्शन प्रदान गर्ने नियमनकारी निकायहरू, शेयर धनी महानुभावहरू, प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने शुभेच्छुक संघ संस्थाहरु, पत्रकार महानुभावहरू, मातृ संस्था लक्ष्मी सनराइज बैंक लिमिटेड एवं अन्य सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यहाँहरूको सहयोगको अपेक्षा गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

समयसँगै प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहक सेवालाई अझ सरल र गुणस्तरीय बनाई गरिबी न्यूनीकरण र वित्तीय पहुँच अभिवृद्धिमा टेवा पुर्‍याउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
 

शुक्रबार, १४ मंसिर २०८१, १३ : ०२

प्रतिक्रिया