काठमाडौं - सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा भएको ‘स्थानीय सरोकार’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
निगरानी दैनिक मिडिया प्रा.लि. द्वारा संचालित स्थानीय सरोकारसँग गाउँपालिकाको सहकार्यमा भएको तीन दिने अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । ‘विकास निर्माण, संवृद्धि र पुनर्निर्माणमा स्थानीय सरोकारको बलियो आधार’ भन्ने मूल नाराका साथ भएको कार्यक्रममा हरेक दिन चार सेसन कार्यक्रम भएको थियो ।
जसमा गाउँपालिकाको कार्यसम्पादन-मूल्याङ्कन, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण, घरेलु हिंसा, सामाजिक कुरीति, वैदेशिक रोजगारीमा ठगी, बढ्दो साइबर अपराध नियन्त्रणमा वर्तमान रूप अवस्था, यस्ता अपराधबाट कसरी बच्ने रु तथा नमुना गाउँपालिका कसरी सबलीकरण र सक्षम र जनमुखी प्रशासन संचालन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
जसमा प्रशिक्षकका रूपमा नेपाल प्रहरीका विषय विज्ञ अब्बल प्रहरी कर्मचारीहरू साथै ३० वर्षसम्म कानुन कार्यान्वयन निकायमा काम गरेका कानुनी अघिवक्ताहरुले प्रशिक्षण दिएका थिए । प्रशिक्षकका रूपमा मानववेचविखन तथा ओसारपसार कार्यालय ववरमहलका विषय विज्ञ प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक शााह, साइबर ब्यूरो भोटाहिटीका इन्जिनियर-विषय विज्ञ प्रहरी निरीक्षक दिपा भट्टराई, कानुनी अघिवक्ता गोविन्द पन्थि उपस्थित थिए ।
जस अन्तर्गत पहिलो दिन पाँचपोखरी थाङपाल गापाका जनप्रतिनिधि निजामती कर्मचारी, बुद्धिजीवी, सरोकारवाला स्थानीय तहमा कार्यरत सुरक्षाकर्मीहरू तथा स्थानीयहरूलाई अन्तर्गत सन्चारकर्मी जीवन शर्माले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष टासी लामा, विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमण कुँइकेल, गाउँपालिकाका प्रमुख सल्लाकार शिशिर वाइवा, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष नारायण भट्टराई उपस्थित थिए ।
यस्तै, गाउँपालिकाका वडाध्यक्षहरू आलोक कुमार स्याङ्वो, बाबुलाल स्याङ्वो, निमा छिरिङ, विष्ण बहादुर खड्का, वडाका वडा सचिवहरु, पालिकाका विभिन्न विभागीय प्रमुख, कार्यपालिका सदस्य तथा कर्मचारीहरू, पालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरू, लगायतको उपस्थिति थियो ।
गाउँपालिकाका अध्यक्ष टासी लामाले कार्यक्रमका स्थानीय पालिका र पालिकावासीको विकास, संवृद्धि र क्षमता अभिवृद्धिका साथै सम्भावित अपराध न्यूनीकरणका निम्ति निकै महत्त्वपूर्ण रहेको भन्दै प्रशंसा गरे ।
प्रतिक्रिया