रवि लामिछानेको आजको बयान सकियो, आइतबार पुन: लिइने

शुक्रबार, १४ मंसिर २०८१, १६ : ४९

काठमाडौं - पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौँमा आजको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा आज बिहानदेखि लामिछानेको बयान लिइएको थियो । आइतबार बयानलाई निरन्तरता दिने गरी आजको लागि बयान सकिएको बताइएको छ ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् । 

शुक्रबार, १४ मंसिर २०८१, १६ : ४९

प्रतिक्रिया