काठमाडौं - र्यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतिमा र्याप गीत ‘चिसो चिसो हावाले’ ल्याएका छन् ।
गीतको भिडियोमा समेत गायक श्रेष्ठ, र्यापर हाकिम, मोडल युकी, एलिसबहादुर सिंहको अभिनय रहेको छ । नेस स्टुडियो र फुजी स्टुडियोले भिडियो परिकल्पना गरेको भिडियोमा छायाङ्कन र निर्देशन विवेक मगरको छ ।
भिडियो नै नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको हो । र्यापर हाकिमको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाइ’ र ब्रिजेशको ‘रङ्ग’, ‘ओ मैचा’, ‘डल्ली’ लगायतका गीत लोकप्रिय छन् ।
प्रतिक्रिया