काठमाडाैं- आफ्नाे अधिकारकाे प्रयाेग गर्दै एकजना मतदाताले नेपाली काँग्रेस र नेकपा एमालेका किर्तीपुर प्रमुख पदका उम्मेदवार विरुद्ध उजुरी दिएका छन् । निर्वाचनकाे माैन अवधिमा नियम विरुद्ध गई काम गरेकाे भन्दै किर्तिपुर न.पा. १० का स्थानीय हिरा बहादुर महर्जनले जिल्ला निर्वाचन कार्याल काठमाडाैंमा उजुरी दिएका हुन् ।
उजुरी परेका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार कृष्णमान डंगाेल र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले निर्वाचनकाे माैन अवधिमा निर्वाचन आचारसंहिता तथा निर्वाचन ऐन बिपरित ठुलाे मतदाताकाे समुह जुटाई मतदाता प्रभावित पार्ने कार्य गरेकाे हिरा बहादुर महर्जनले भनेका छन् ।
उजुरीमा किर्तिपुर नगरपालिका-७ मा रहेकाे वेकरी एण्ड वेकरी रेष्टुरेन्ट, ईटागाेलमा काँग्रेसका उम्मेदवार कृष्णमान डंगाेलले र किर्तिपुर नगरपालिका-१०, सिंहदबुमा स्थित जाेसिननी हेरिटेज रेष्टुरेन्टमा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले चुनावकाे माैन अवधिमा ठुलाे संख्यामा मतदाताहरु जम्मा गरी भाेज भतेर खुवाएर मतदाता प्रभावित गरेकाे भन्दै कार्वाहीकाे माग पनि महर्जनले गरेका छन् ।
प्रतिक्रिया