काठमाडौं - यस साता नेप्से परिसूचक ६७.६१ अंक बढेर २७४८.०५ विन्दुमा पुगेको छ। यस हप्ता सेयर ५ दिन खुलेका थियो । गत साता २६८०.४४ विन्दुमा भएको बजार यो साता २.५२ प्रतिशत अर्थात् ६७.६१ अंक बढेर २७४८.०५ विन्दुमा पुगेको छ।
आइतबार १३.०३ अंकले घटकोको बजारमा सोमबार १५.८३ अंकले बढ्यो, मङ्गलवार ३३.४१ अंकले बढ्यो, बुधवार २८.८१ अंकले बढ्यो र अन्तिम दिन बिहीबार ८.३० अंकले अंकले घट्यो ।
यस साता ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से बढेको हो । भने दुई कारोबार दिन नेप्से घटेको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ४.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक बढेको छ। यस साता दैनिक औषत शेयर संख्या २५.२२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १७.५२ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २०.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस साता विकास बैंक र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।
प्रतिक्रिया