काठमाडौं - निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आयोगले आज निर्वाचन हुने ४१ स्थानमा मतपत्र पठाएसँगै निर्वाचनको सम्पूर्ण तयारी सकिएको जनाएको हो । मतपत्र र मतपेटिकालगायत निर्वाचन प्रयोजनका लागि चाहिने सम्पूर्ण सामग्री निर्वाचन कार्यालयहरुमा पठाइसकेको आयोगलेजनाएको छ ।
आयोगले आजैदेखि आचारसंहिता उल्लंघनका विषयमा परेका उजुरी र निर्वाचन व्यवस्थापनका लागि जानकारी लिइ तत्कालै समस्या समाधान गर्ने गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ । यसअघि हिजो आयोगले निर्वाचन हुने दिन सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयहरुमा सार्वजनिक बिदा दिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।
यस्तै १३ गतेदेखि १६ गतेसम्म मतदान स्थलको रुपमा प्रयोग हुने विद्यालय, वडा कार्यालय, सामुदायिक भवनलगायतका स्थलहरु निर्वाचन प्रयोजनका लागि व्यवस्था मिलाइदिन पनि सरकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया