काठमाडौं - काठमाडौं उपत्यकाको वायु गुणस्तर खस्किएको छ ।
युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स आइतबार बिहान ९ः४५ मिनेटको मापन अनुसार काठमाडौंको उपत्यकामा पर्ने ललितपुरस्थित पाटन क्षेत्रको वायु गुणस्तर १७५ एक्यूआई, काठमाडौं क्षेत्रको १६१ एक्यूआई र भक्तपुरको क्षेत्रमा १५५ एक्यूआई मापन गरिएको छ ।
स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ ।
यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत वातावरण विभागले जनाएको छ ।
एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ। एक्यूआइले वायुमा मिसिएका आँखाले देख्न नसकिने २।५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
प्रतिक्रिया