गीतकार  प्रसाईंको 'कहाँ पर्‍यो घर' सार्वजनिक

आइतबार, १६ मंसिर २०८१, १२ : ०३

काठमाडौं - गीतकार एवं एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष, समाजसेवी गणेश प्रसाईंको पहिलो गीत 'कहाँ पर्‍यो घर' सार्वजनिक भएको छ ।

गायक तुलसी सिवाकोटीको स्वर र सरोज पोखरेलको संगीत रहेको गीतमा देवेश राइको एरेन्ज रहेको छ । भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् ।'कहाँ पर्‍यो घर ' को भिडियोमा उमर खान,  मेलिना पन्त र राजेन्द्र आचार्यको अभिनय रहेको छ ।

राजेश घिमिरेको सिनेमाटोग्राफी र पवन सुश्लिंगको सम्पादन रहेको भिडियोलाई गायक तुलसी सिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

आइतबार, १६ मंसिर २०८१, १२ : ०३

प्रतिक्रिया