राष्ट्रपतिसमक्ष चार देशका राजदूतले गरे शपथ ग्रहण

आइतबार, १६ मंसिर २०८१, १४ : ००

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गरेका छन् ।

आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा। शैल रूपाखेती, साउदी अरबका लागि डा।नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा।आरजु राणा देउवालगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका थिए ।

आइतबार, १६ मंसिर २०८१, १४ : ००

प्रतिक्रिया