नेप्सेमा ९.९९ अंकको गिरावट,  यी कम्पनीको भयो सर्वाधिक कारोबार

आइतबार, १६ मंसिर २०८१, १५ : १०

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १० उपसूचक राताम्मै भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा पनि बिशाल बजार कम्पनी, कर्पोरेट डेलभपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
बजार घट्दा पनि पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी एक्सल डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड ३१ लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ । 

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको करोड २८ लाख ९० लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन नेपाल फाइनान्सको २८ करोड ६ लाख ८ हजार रुपैंया र मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ३० लाख ३२ हजार रुपैयाँ, ङादी ग्रुप पावरको २४ करोड ३० लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।

 

आइतबार, १६ मंसिर २०८१, १५ : १०

प्रतिक्रिया