काठमाडौं- आज २०८१ मंसिर १७ गते साेमबार (२ डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, प्रतिपदा १२:१९ सम्म, तत्पश्चात् द्वितीया ।ज्येष्ठा १६:१३ सम्म, तत्पश्चात् मूल । वृश्चिक १६:१३ सम्म, तत्पश्चात् धनु । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुका लागि आजकाे दिन सामान्य रहन सक्छ । चन्द्रमाको गोचर आठौँ स्थानमा रहने भएकाले पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने र पुरा हुन लागेको काममा रोकावट आउन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ । आज नयाँ लगानी तथा शेयर बजारमा कारोबारको लागि समय त्यति उपयुक्त छैन । विद्यार्थीहरुले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुकाे आज समय राम्रो रहेको छ । धेरै समयदेखि रोकिएका कामहरु आज पुरा हुन सक्छन् । पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीसँग राम्रो समय बिताउन सक्छन् । पतिपत्नीका बीच समझदारी बढ्नेछ। पढाईलेखाइ राम्रो रहनुका साथै शेयर बजारबाट पनि लाभ लिन सक्ने समय रहेको छ । स्वास्थ्य पनि आज राम्रो रहन सक्छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज समय राम्रो रहेको छ। मनमा उत्साह र उमङ्ग रहनेछ । शत्रुहरू पराजित हुन सक्छन् । प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ । राज्यपक्ष र सरकारी कामहरु बन्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्ने समय छ । विद्यार्थीहरुको पढाईमा ध्यान लाग्न सक्छ । शेयर बजारबाट पनि लाभ हुन सक्ने समय रहेको छ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूकाे आज समय मध्यम रहेको छ । परिवारका साथ समय बिताउन सकिनेछ भने प्रेम जीवनमा रहेकाहरुले प्रेमीसँग घुमघाममा जान सक्ने समय छ। स्वास्थ्य आज सामान्य रहनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ मिल्न सक्छ । विद्याको क्षेत्रमा प्रगति हुन सक्छ । शेयर बजारबाट आज उचित लाभ नमिल्ने समय छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुकाे आज समय केहि प्रतिकूल रहन सक्छ । शरीरमा चोटपटक लाग्न सक्ने रहेकाले ध्यान दिनुपर्छ । पेट तथा छाती सम्बन्धि समस्या आउन सक्छ । यात्रा फलदायक नरहन सक्छ । साथीभाईको सहयोग नमिल्न सक्छ । पढाईमा रुचि नलाग्ने तथा शेयर बजारबाट घाटा हुन सक्ने समय छ ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुकाे आज समय राम्रो रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट तेश्रो स्थानमा रहने भएकाले दाजुभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ । आयआर्जन बढ्नुका साथै धनको संग्रह हुन सक्ने समय छ । पारिवारिक जीवनमा विश्वासको वातावरण बन्नेछ । अर्थपूर्ण रमाइलो यात्रा हुन सक्छ । विद्यार्थीले पढाईमा रुचि लिन सक्छन् । शेयर कारोबार गर्नेहरुले फाइदा कमाउने समय छ ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुलाई आज समय मध्यम रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट दोश्रो स्थानमा रहने भएकाले उचित सोचविचार नगरी बोल्दा र हतारमा निर्णय लिँदा काममा समस्या हुने तथा आफन्तसँग वैरभाव हुन सक्छ । संचित धनको नाश हुन सक्छ । विद्यार्थीले पढाईमा उचित ध्यान लगाउँदा राम्रो परिणाम प्राप्त हुन सक्छ । शेयर बजारको कारोबार सामान्य रहन सक्छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज समय राम्रो रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट प्रथम स्थानमा रहने भएकाले आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । शेयर कारोबारबाट फाइदा हुन सक्ने समय छ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुकाे आज समय सामान्य रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट द्वादश अर्थात् बाह्रौँ स्थानमा रहने भएकाले आम्दानी भन्दा खर्च बढ्न सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ भने जागिरमा प्रतिष्पर्धीबाट बाधा हुने तथा कामको उचित जस नमिल्ने समय छ । स्वास्थ्य कमजोर रहन सक्ने भएकाले ध्यान दिनुपर्छ । अनावश्यक पारिवारिक विवाद नगर्दा नै राम्रो हुन्छ । अध्ययनमा अलिक ध्यान दिनुपर्छ भने शेयर बजारमा नयाँ लगानी नगर्दा नै उत्तम हुन सक्छ ।
ममकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आज चन्द्रमा एकादश गोचरको शुभ प्रभाव गर्दा दिन राम्रो रहनेछ । रोकिएका आर्थिक लेनदेन मिल्ने र हात लाग्नुपर्ने धन मिल्न सक्छ । आफुभन्दा अग्रजको साथ सहयोग मिल्न सक्छ। पारिवारिक तथा प्रेम जीवन सुखमय रहन सक्छ । विद्यार्थीले पढाईमा उचित ध्यान दिएर राम्रो नतिजा प्राप्त गर्न सक्छन् । शेयर बजारको कारोबारबाट राम्रो लाभ मिल्न सक्छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुकाे आज चन्द्रमा दशम गोचरको शुभ प्रभाव गर्दा दिन राम्रो रहनेछ । नयाँ कामको थालनी गर्नको लागि समय राम्रो छ । कार्यक्षेत्रमा रहेका विघ्नबाधा हटेर सहज वातावरण बन्न सक्छ । आयआर्जन बढ्नुका साथै साथीभाईको सहयोग मिल्न सक्छ । पढाईमा प्रगति तथा शेयर करोबारमा फाइदा हुने योग छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज समय राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।
प्रतिक्रिया