काठमाडौं - नेपाल धितोपत्र बोर्डले गरिमा समृद्धि योजना, एनआईसी एसिया डायनामिक डेप्ट फन्ड, एनआईबीएल सहभागिता फन्ड र नबिल फ्लेक्सी क्याप फन्डलाई इकाइ निष्कासन अनुमति दिएको छ ।
गरिमा समृद्धि योजना बन्दमुखी हो भने बाँकी ३ वटा म्युचुअल खुलामुखी योजना हुन्। धितोपत्र बोर्डले गरिमा समृद्धि योजनाको १ अर्ब रुपैयाँ बराबरको इकाइ जारी गर्न अनुमति दिएको छ। यस योजनाको १० रुपैयाँ अंकित दरका १० करोड इकाइ बिक्री गरिने छ। यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा गरिमा क्यापिटल रहेको छ।
यसैगरी धितोपत्र बोर्डले एनआईसी एसिया डेप्ट फन्डलाई पनि १ अर्ब रुपैयाँ बराबरको इकाइ जारी गर्न अनुमति दिएको छ। यो योजनाको १० रुपैयाँ अंकित दरका १० करोड इकाइ बिक्री गरिनेछ। यस म्युचुअल फन्डको योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
एनआईबीएल सहभागिता फन्डको २ अर्ब रुपैयाँ बराबरको इकाइ जारी गर्न अनुमति दिएको छ। यस योजनाको १० रुपैयाँ अंकित दरका २० करोड इकाइ बिक्री गरिने । यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
नबिल फ्लेक्सी क्याप फन्डको ५० करोड रुपैयाँ बराबरको इकाइ जारी गर्न अनुमति दिएको छ। यस योजनाको १० रुपैयाँ अंकित दरका ५ करोड इकाइ बिक्री गरिनेछ। यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
प्रतिक्रिया