काठमाडौं - नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले पुस ८ गते १६औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।
मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मेरियोट होटेल, नक्साल, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ ।
गत वर्षको मुनाफाबाट ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ । सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र संशोधन लगायतका अन्य विविध प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
कम्पनीले चुक्तापूँजी ३० करोड कायम गर्ने प्रस्ताव पनि सभामार्फत पारित गर्नेछ ।
प्रतिक्रिया