मिटरब्याजीहरु थर्कमान,नेकपा बहुमतद्वारा १५ दिने ताकेता

सोमबार, १७ मंसिर २०८१, १४ : ४९

काठमाडौं - विभाजित माओवादीको एउटा घटक नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले मिटरब्याजीलाई सशक्त कारबाही गर्ने तयारी गरेको छ । त्यस्ता मिटरव्याजीहरुलाई पार्टीले १५ दिने सूचना जारी गरेको छ । पार्टीका दाङ जिल्ला सेक्रेटरी अमरले आइतबार विज्ञप्तिमार्फत् तीनबुँदे सूचना जारी गरेका छन् । 

उक्त सूचनामा, बैंकिङ कसुर, चेक अनादर, घरजग्गा तथा सम्पत्ति रोक्का, बिगो बराबरको रकम जम्मा गरी जेल हाल्नेलगायतका मुद्दा फिर्ता लिन अनुरोध गरिएको छ । यसैगरी कालोसूची (ब्ल्याक लिष्ट) हटाउन, दृष्टिबन्धक तथा छिनुवा पास लिएका घरजग्गा फिर्ता गर्न, मिटरब्याजी र बैंक तथा वित्तीय संस्थाको सेटिङमा लिलाम गर्ने र लिलाम सकारेका घरजग्गा सम्बन्धित व्यक्तिलाई लिलाम हँुदासम्मको न्यूनतम व्याज लिई फिर्ता गर्न विनम्रतापूर्वक निर्देशनात्मक अनुरोध गर्दछौं भनेको छ । विज्ञप्तिमा भनिएको छ– ‘कत्ति पनि मोलाहिजा नगरी इमान्दारीतापूर्वक कार्यान्वयन होस् । हामी चाहन्छौं कि कुनै अप्रिय निर्णय लिनु नपरोस् ।’

सोमबार, १७ मंसिर २०८१, १४ : ४९

प्रतिक्रिया