दोहोरो अंकले बढ्यो सेयर बजार

सोमबार, १७ मंसिर २०८१, १५ : १८

काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा कायम भएको छ ।

यस दिन  नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा नौ उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा बढोत्तरी आउँदा तारागाउँ रिजेन्सी होटल, बिशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
दोहोरो अंकले बढ्यो सेयर बजार, चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको करोड ४८ लाख ८९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन  जानकी फाइनान्सको २७ करोड ५१ लाख ३० हजार रुपैंया र एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड २४ लाख ६२ हजार रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकको २१ करोड ७१ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार, १७ मंसिर २०८१, १५ : १८

प्रतिक्रिया