नेप्सेमा ङादी ग्रुपको शेयर मूल्य समायोजन

सोमबार, १७ मंसिर २०८१, १८ : १४

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ङादी ग्रुप पावरको सेयर हकप्रदको मूल्य समायोजन भएको छ।

ङादी ग्रुपको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ। सोमबार अन्तिम कारोबार मूल्य ४७८ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो।

समायोजनपश्चात् यसको प्रतिकित्ता सेयर मूल्य २८९ रुपैयाँ कायम भएको छ । अब (भोली) मंगलवार उक्त भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ।

सोमबार, १७ मंसिर २०८१, १८ : १४

प्रतिक्रिया