नेसनल लघुवित्तको शेयर मूल्य नेप्सेमा समायोजन

सोमबार, १७ मंसिर २०८१, १८ : १५

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेसनल लघुवित्तको बोनस सेयर मूल्य समायोजन भएको छ।

नेसनल लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको हो । सोमबारको अन्तिम कारोबार मूल्य १५ सय ४९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो।

समायोजनपश्चात् यसको प्रतिकित्ता सेयर मूल्य १३ सय ५५ रुपैयाँ ८० पैसा कायम भएको छ। मंगलबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

सोमबार, १७ मंसिर २०८१, १८ : १५

प्रतिक्रिया