याे राशिलाई आज शेयर मार्केटमा लाभ मिल्नेछ, अरु राशिकाे दिन कस्ताे ?

मंगलबार, १८ मंसिर २०८१, ०५ : ४४

काठमाडौं- आज २०८१ मंसिर १८ गते मंगलबार (३ डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, द्वितीया १२:४३ सम्म, तत्पश्चात् तृतीया । मूल १७:०६ सम्म, तत्पश्चात् पूर्वाषाढ़ा । चन्द्रराशि : धनु । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः

 

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुका लागि आजकाे दिन कार्यक्षेत्रमा नयाँ अवसरको लागि परिश्रम धेरै गर्नुपर्ला । नोकरी वा पेशामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ । गायन वा कलाको क्षेत्रबाट सम्मान पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ ।

 

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुकाे आज घर परिवारमा स्वास्थलाई लिएर मन चिन्तित रहनेछ। पुरानो मित्रहरूसँग भेटघाट हुनेछ । व्यापार व्यवसायमा हानि हुने सम्भावना छ । पहिला गरेको कार्यलाई एकपल्ट जाँच गर्दा लाभ पाइनेछ । आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज विद्यार्थी वर्गहरू एकाग्र भएर आफ्नो पढाइमा ध्यान दिनुपर्ला । प्रतियोगितामा सफलता पाइनेछ । व्यापारी वर्गहरूलाई व्यापारबाट लाभ मल्नेछ । तीर्थस्थलहरूमा यात्राको योजना बन्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूकाे आज मनमा उत्साह बढ्नेछ । विद्यार्थी वर्गहरूले गरेको कार्यबाट सफलता पाउनेछन् । स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउनेछ । वाहनमा धन खर्च हुन सक्छ । सहकारी वा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ । आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुले आज सरकारी नोकरीमा सावधानीपूर्वक कार्य गर्नुपर्ने हुन्छ । सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । आर्थिक व्यवसायमा लगानी लगाउनुभन्दा पूर्व जानकारको सल्लाह अवश्य लिनुपर्ला । आजको शुभ रंग बैजनि हो भने शुभ अंक ३ रहेको छ ।

 

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुकाे आज कार्यक्षेत्रमा सफलता मिल्नेछ । मौसमी बिमारीबाट सचेत रहनुहोला साथै खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ । आर्थिक पक्षमा नयाँ आयस्रोतहरू बन्नेछन् । आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ ।

 

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुलाई आज कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ । नोकरी वा पेशामा गरिएको कामबाट जस पाइनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । देवस्थान वा मठ मन्दिरमा दर्शन गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं नत्र सामान गुमाउनु पर्ला । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज आफन्तहरूसँग रमाइलो समय बित्नेछ । वैदेशिक व्यापारबाट शुभ सूचना मिल्नेछ । अगाडि अड्कीएका योजनाहरू सम्पादित हुनेछन् । छात्रहरूलाई पढाइमा मन नलाग्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगको लागि अगाडि आउनेछन् । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ ।

 

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुलाई आज कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ । पुरानो समयदेखि सोचेको कार्यसम्पन्न हुनाले मन प्रसन्न रहनेछ । जग्गा जमिन सम्बन्धी कार्यमा कानुनी मामलामा पूर्व जानकारी राख्नुपर्ने हुन्छ । नोकरी वा पेशामा सहकर्मीहरूसँग मिठो बोलीको प्रयोगले सफलता पाइनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुलाई आज नयाँ व्यापार प्रारम्भ गर्नको लागि यो समय उचित नहोला । कार्यक्षेत्रमा मान सम्मानमा कमी आउनेछ । वैदेशिक रोजगारमा धोखा मिल्न सक्छ । नोकरी वा पेशामा पदोन्नति मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुलाईकाे आज सामाजिक सम्मेलनमा मान प्रतिष्ठा बढ्नेछ । पहिला गरेका लगानीबाट लाभ मिल्नेछ । शेयर मार्केटमा लाभ मिल्नेछ । कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा पाइनेछ। प्रतियोगीहरूलाई परीक्षामा सफलता मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुलाई आज कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ । दाम्पत्य जीवनमा मनमुटाव रहनेछ । धार्मिक यात्रालाई लिएर नयाँ योजनाहरू बन्नेछन् । कार्यसम्पादन गर्नमा अलि धेरै मेहनत गर्नुपर्ला । आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ ।

मंगलबार, १८ मंसिर २०८१, ०५ : ४४

प्रतिक्रिया