माउण्टेन इनर्जी नेपालको लाभांश घोषणा

मंगलबार, १८ मंसिर २०८१, ११ : ३४

काठमाडौं - माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। 

कम्पनीको मङ्सिर १७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०\८१ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले पुस २८ गते साधारण सभा पनि बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसर्थ पुस १० गते सम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

मंगलबार, १८ मंसिर २०८१, ११ : ३४

प्रतिक्रिया