अम्बे स्टिल्सको साधारण सभा पुस ८ गते

मंगलबार, १८ मंसिर २०८१, ११ : ३९

काठमाडौं - अम्बे स्टिल्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस ८ गते गर्ने भएको छ ।

कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा पुस ८ गते बिहान ११ बजे सुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुको साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनी सचिव नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०३ रुपैयाँमा आइपीओ ल्याउनेछ। 

कम्पनीले १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता साधारण शेयर जारी गर्नेछ। आइपीओ बिक्रीबाट कम्पनीले ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार २८१ रुपैयाँ पुँजी जुटाउनेछ।

मंगलबार, १८ मंसिर २०८१, ११ : ३९

प्रतिक्रिया