काठमाडौं - दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित साधारण सभा बोलाएको छ।
कम्पनीले मंसिर २८ गते स्टार चितवन प्रा.लि., रत्ननगर–१ मा बिहान ११ बजेदेखि सुरु हुने गरी सभा बोलाएको हो। सभाले सार्वजनिक निष्कासन (आईपीओ) गर्ने बारेमा छलफल गर्नेछ।
यससँगै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पनि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र लाभांश वितरण सम्बन्धी प्रस्ताव पनि सभामा पेस गर्नका लागि तय गरिएको छ।
प्रतिक्रिया