काठमाडौं - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अंकले बढेर २७७५.८५ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा सात उपसूचक हरियाली भएको छ ।
यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ७४ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जानकी फाइनान्स कम्पनीको करोड २६ लाख ५१ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन बेष्ट फाइनान्स कम्पनीको २४ करोड ६ लाख ३२ हजार रुपैंया र एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ८७ लाख २३ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको १७ करोड २५ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।


सकरात्मक सर्किट लागेका कम्पनी
यस दिन बजारमा बढोत्तरी आउँदा दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
प्रतिक्रिया