जापानबाट फर्केर थाले 'ठूलाघरे बाख्रा फार्म', एक करोड बढीको लगानीमा बाख्रापालन

विहीबार, २० मंसिर २०८१, ०७ : १५

बागलुङ- केही वर्षअघिसम्म काठेखोला गाउँपालिका-५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण हाल यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।

यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने परिवारहरु बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् ।

काठेखोला-५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० पालेका छन् । उनले २०७९ साउनदेखि ८३ वटा बाख्रा राखेर बाख्रापालन सुरु गरेका थिए । फार्ममा रु एक करोड ३५ लाख लगानी गरेका उनले त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गरेका छन् । उनको बाख्रा फार्ममा ८० वटा बोका बिक्रीयोग्य छन् ।

विहीबार, २० मंसिर २०८१, ०७ : १५

प्रतिक्रिया