विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

विहीबार, २० मंसिर २०८१, ११ : ३४

काठमाडौं - विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । 

संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०\८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश प्रस्तावबिनाको वित्तीय विवरणहरु संस्थाको वार्षिक साधारण सभामा प्रस्तुत गर्नका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।
 

विहीबार, २० मंसिर २०८१, ११ : ३४

प्रतिक्रिया