आजदेखि मुक्तिनाथ म्युचुअल फण्ड १ निष्कासन

विहीबार, २० मंसिर २०८१, ११ : ४३

काठमाडौं - आज मंसिर २१ गतेदेखि मुक्तिनाथ क्यापिटल लिमिटेडले पहिलो म्युचुल फण्ड निष्कासन गरेको छ। क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्ड १ निष्कासन गरेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्कासन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको छ।

उक्त फण्डको इकाईका लागि मंसिर २० गतेदेखि मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा पुस ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ। सो फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिनेछ । न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु गरिनेछ।

फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यो एक बन्दमुखी योजना हो।

विहीबार, २० मंसिर २०८१, ११ : ४३

प्रतिक्रिया