काठमाडौं - गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ।
समाजसेवी भोला नाथ पाठकको शब्द सिर्जना रहेको गीतमा मनोहर सुनामको एरेन्ज तथा संगीत छ। दर्जनौँ गीतका शब्द कोरिसकेका गीतकार भोला नाथ यही भिडियोबाट निर्माताका रूपमा देखिएका छन्।
एक प्रेमील जोडीको प्रेम र रोमान्सलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। भिडियोमा निर्देशक रुपाखेतीले वैँशालु उमेरमा एक प्रेमील जोडीले रोमान्स गर्दै बिताउने रमाइला पललाई रोमान्टिक शैलीमा कैद गरेका छन्। जहाँ सुन्दरी उषा उप्रेती स्विमिङं पुलमा खुलेका दृश्यमा दर्शक टक्क अडिनेमा शंका छैन।
भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन्। राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो।
प्रतिक्रिया