आइपीओ निष्कासन गदै ह्याविटयाट पावर

विहीबार, २० मंसिर २०८१, १४ : ००

काठमाडौं - ह्याविटयाट पावर कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा बस्ने भएको छ। 

मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा पौष ११ गते बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, हाडिगाउँ, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।

 

विहीबार, २० मंसिर २०८१, १४ : ००

प्रतिक्रिया