दुई कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा दिए निवेदन

विहीबार, २० मंसिर २०८१, १५ : २१

काठमाडौं - आईपीओ निष्कासनको अनुमति माग गर्दै स्टार माइक्रो इन्स्योरेन्स लिमिटेड र हिम पर्वत हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

स्टारले मङ्सिर ९ गते र हिम पर्वतले मङ्सिर ५ गते बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको हो । स्टार माइक्रोले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो। 

कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले शेयर निष्कासन गर्ने भएको छ। शेयर निष्कासनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

त्यस्तै हिमपर्वतले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले शेयर निष्कासन गर्ने भएको छ । शेयर निष्कासनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

हिम पवर्तले दोलखामा २० मेगावाटको सागु खोला जलविद्युत आयोजना र ५.५ मेगावाटको सागु खोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

विहीबार, २० मंसिर २०८१, १५ : २१

प्रतिक्रिया