प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर निष्कासनमा

विहीबार, २० मंसिर २०८१, १६ : १३

काठमाडौं - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पाँच जना शेयरधनीहरुको नाममा रहेको ९८ हजार ४९० कित्ता संस्थापक शेयर मंसिर १९ गतेदेखि निष्कासनमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्ने गरी यी शेयर निष्कासनमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । 

तोकिएको समयभित्र विद्यमान संस्थापकबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

 

 

विहीबार, २० मंसिर २०८१, १६ : १३

प्रतिक्रिया