नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

विहीबार, २० मंसिर २०८१, १६ : २६

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७३१.१९ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ७९७ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसै गरी, एनआरएन इन्फ्रास्ट्रक्चरको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ६१.९० रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार ११५ रुपैंया आधारमा मूल्य समायोजन गरेको छ । 

यी दुवै कम्पनीको सोही मूल्यको आधारमा आइतबार सेयर बजारमा कारोबार खुल्नेछ ।

विहीबार, २० मंसिर २०८१, १६ : २६

प्रतिक्रिया