विजय लघुवित्तले एफपीओ ल्याउँदै

शुक्रबार, २१ मंसिर २०८१, ०९ : १८

काठमाडौं- विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने भएको छ।

संस्थाले एफपीओ अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा विजय लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्नेछ।

संस्थाको एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

शुक्रबार, २१ मंसिर २०८१, ०९ : १८

प्रतिक्रिया