लक्ष्मी लघुवित्तले यस वर्ष लाभांश नबाँड्ने

शुक्रबार, २१ मंसिर २०८१, ११ : ५२

काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । 

कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०\८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष २०८०\८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सो लाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

शुक्रबार, २१ मंसिर २०८१, ११ : ५२

प्रतिक्रिया