काठमाडौं - कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
बैंकले गत असोज ३० गते १८ औँ वार्षिक साधारण सभाबाट पारित गरेका ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । यो वर्ष बैंकले ५ प्रतिशत नगद लाभांश १२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो । पारित गरेको थियो ।
सूचीकृत भएको उक्त बोनस सेयर सेयरधनीहरुको खातामा तथा नगद लाभांश कर कट्टा गरी बैंकमा जम्मा गरिसकेको बैंकले जनाएको छ । कुनै सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा नभएमा वा नगद लाभांश बैंक खातामा नआएमा बैंकको केन्द्रीय कार्यालयमा जानकारी गराउन समेत बैंकले आग्रह गरेको छ ।
प्रतिक्रिया