काठमाडौं - युनियन मेवा हाइड्रो लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले ३५,३८,६०,५००\-रकम बराबरको ३५,३८,६०५ कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यस सम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।
युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधीन करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया