काठमाडौं -सेन्चुरी इनर्जीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ ल्याउन अनुमति मागेको छ ।
धितोपत्र बोर्डले अनुमति दिएमा सेन्चुरी इनर्जीले १०० रुपैयाँ अंकित दरमा १७५.११ रुपैयाँ प्रिमियम थपेर २७५.११ रुपैयाँमा आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले ३ लाख कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ।
आइपीओ बिक्रीबाट कम्पनीले ८ करोड २५ लाख ३३ हजार रुपैयाँ संकलन गर्नेछ। सेन्चुरी इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
प्रतिक्रिया