काठमाडौँ - स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षका लागि सागर ढकाल र राजकुमार तिमल्सिना भिड्ने भएका छन् ।
नयाँ नेतृत्वका लागि १२ बजेसम्म तय गरिएको अवधिमा दुई जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् । एसोसिएसनका अनुसार महासचिवमा भक्तिराम घिमिरे र गोविन्द शर्मा गैरेले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनका लागि साढे १२ बजेसम्म दाबी विरोधको समय छुट्ट्याइएकोमा कसैमाथि दाबी विरोध नपरेको एसोसिएसनले बताएको छ । त्यस्तै, उम्मेदवारहरूले एक बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सो अवधिमा उम्मेदवारी फिर्ता नलिए अन्तिम सूची सार्वजनिक गरी निर्वाचन थालिनेछ ।
प्रतिक्रिया