काठमाडौं - स्टक ब्रोकर एसोसियसनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा ४५ मत ल्याउँदै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
ढकालका प्रतिष्पर्धी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका थिए । पुराना ब्रोकरको संघ र नयाँ ब्रोकरको संगठनबीच मर्ज पश्चात सम्पन्न भएको पहिलो निर्वाचनमा नयाँ ब्रोकरहरुका तर्फबाट चुनावी मैदानमा रहेका ढकालले बाजी मारेका हुन् ।
ढकाल नेपालको पूँजीबजारमा नयाँ ब्रोकर हुन् । उपाध्यक्षमा भने नितेशकुमार अग्रवालले जित हासिल गरेका छन् ।महासचिवमा भक्तिराम घिमिरे निर्वाचित भएका छन् भने सचिवमा विनय रेग्मी तथा कोषाध्यक्षमा मदन पौडेल निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारीमध्ये सचिव विनय रेग्मीबाहेकका सबै सागर ढकाल प्यानलका हुन् । कार्यसमिति सदस्यमा जेलिना पौडेल, प्रियान्सु अग्रवाल, जयन्त श्रीवास्तव, अतितलाल श्रेष्ठ निर्वाचित भएका छन् । पौडेल र अग्रवाल तिमिल्सिना प्यानलका उम्मेद्वार हुन् ।
प्रतिक्रिया