यस साता १३ अंकले घट्यो नेप्से

शनिबार, २२ मंसिर २०८१, १२ : ५६

काठमाडौं - यस साता नेप्से परिसूचक १३ अंकले घटेर २७३४.९३  विन्दुमा पुगेको छ। यस हप्ता सेयर ५ दिन खुलेका थियो । गत साता २७४८ विन्दुमा भएको बजार यो साता ०.५ प्रतिशत अर्थात् १३ अंकले घटेर  २७३४.९३  विन्दुमा पुगेको छ। 

आइतबार ९.९९ अंकले घटेको बजार सोमबार १९।९७ अंकले बढ्यो, मङ्गलवार १७.८० अंकले बढ्यो, बुधवार २४.२७ अंकले घट्यो र अन्तिम दिन बिहीबार १५.९३ अंकले घट्यो । यस साता ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से घटेको हो भने दुई कारोबार दिन नेप्से बढेको थियो ।

पाँच कारोबार दिनमा कुल ४४ अर्ब ९१ करोड ९५ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत आठ अर्ब ९८ करोड ३९ लाख १३ हजार रुपैयाँको शेयर किनबेच भयो ।

सातामा कुल आठ करोड ३४ लाख २८ हजार ८१२ कित्ता शेयर कारोबार हुँदा औषतमा एक करोड ६६ लाख ८५ हजार ७६३ कित्ता शेयर किनबेच भयो । चार लाख ५३ हजार ७८१ पटक शेयर किनबेच भयो भने दैनिक औषत ९० हजार ७५६ पटक किनबेच भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा कायम भएको थियो ।यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको पहिलो कारोबार दिन नेप्से ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा कायम भएको थियो । यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से १७.८० अंकले बढेर २७७५.८५ को विन्दुमा कायम भएको थियो । यस दिन  नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँको कारोबार भएको थियो । 

साताको चौथो कारोबार दिन नेप्से २४.२७ अंकले घटेर २७५०.८७ को विन्दुमा कायम भएको थियो । यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड २४ लाख ६८ हजार रुपैयाँको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन नेप्से १५.९३ अंकले घटेर २७३४.९३ को विन्दुमा कायम भएको थियो  ।यस दिन  नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार रुपैयाँको कारोबार भएको थियो ।

 

शनिबार, २२ मंसिर २०८१, १२ : ५६

प्रतिक्रिया