सिद्धार्थ बैंकको ४ लाभांश घोषणा

आइतबार, २३ मंसिर २०८१, १० : २५

काठमाडौँ- सिद्धार्थ बैंकको लाभांश घोषणा भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वित्तीय विवरणमा आधारित सञ्चिति नाफाबाट ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिए ।  

योसँगै बैंकले करसहित ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । 

बैंकले अघिल्लो वर्ष ४.२१ प्रतिशत नगद लाभांश दिएको थियो । 

आइतबार, २३ मंसिर २०८१, १० : २५

प्रतिक्रिया