शौर्य सिमेन्ट इण्डष्ट्रिजको साधारण सभा पुस १२ गते

आइतबार, २३ मंसिर २०८१, १३ : ५१

काठमाडौं - शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले पुस १२ गतेका लागि साधारण सभा डाकेको छ ।

उक्त साधारण सभामा बैंक ऋण र चन्दा उपहार अनुमोदन गर्ने र सञ्चालक समितिका निर्णयहरू अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको आव २०८०\८१ को वार्षिक प्रतिवेदन पारित गर्ने आव २०८०\८१ को लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरिनुका साथै चालु आवका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यसैबीच कम्पनीले आईपीओ निष्कासनको तयारीमा समेत कम्पनी रहेको छ । कम्पनीले आईपिओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ ।

कम्पनीले प्रतिकित्ता २६४.५१ रुपैयाँ प्रिमियम मूल्यमा स्थानीय बासिन्दा र आम सर्वसाधारणका लागि आईपीओ निष्कासनको माग गरेको छ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्मेन्ट एण्ड बैंकिङ रहेको छ ।

आइतबार, २३ मंसिर २०८१, १३ : ५१

प्रतिक्रिया