काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल. जोशी हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ६४ लाख ६१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको करोड १५ लाख ६८ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन रिभर फल्स पावरको १५ करोड ६५ लाख ३८ हजार रुपैंया, खानीखोला हाइड्रोपावरको १३ करोड ७८ लाख १२ हजार रुपैयाँ, बेष्ट फाइनान्स कम्पनीको १२ करोड ९९ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया