काठमाडौं - हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश वितरण तथा अन्य साधारण तथा विशेष प्रस्तावहरु पारित गर्न कम्पनीले पुस २८ गते वीरगञ्जमा बस्नेगरी साधारणसभा बोलाएको छ ।
साधारणसभा प्रयोजनको लागि उक्त कम्पनीको शेयर दर्ता पुस्तिका पुस १९ गते बन्द हुने समेत बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया