काठमाडौं - लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको छ ।
धितोपत्र बोर्डले अनुमति दिएमा लिबर्टी माइक्रो लाइफले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।
लिबर्टी माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।
प्रतिक्रिया