गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा मागभन्दा बढी आवेदन

सोमबार, २४ मंसिर २०८१, १२ : ४४

काठमाडौं - गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले खुलाएको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १८ करोड ५५ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहानसम्म ३३ हजार ८०२ जनाले १८ लाख ५५ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.२४ गुणा बढी आवेदन हो ।

कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सोमबार, २४ मंसिर २०८१, १२ : ४४

प्रतिक्रिया