नेप्सेमा १२.८४ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

सोमबार, २४ मंसिर २०८१, १५ : १६

काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८४ अंकले घटेर २६७६.१५ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा आठ उपसूचक राताम्मै भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा स्वाभिमान लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ ।
सेयर बजारमा १२ अंकको गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन  सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३५ करोड २७ लाख २० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको करोड २७ लाख ९१ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन जोशी हाइड्रोपावरको १२ करोड ४६ लाख ९४ हजार रुपैंया, जानकी फाइनान्सको ११ करोड १७ लाख ९६ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशन९एलआइसी०को १० करोड ३५ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार, २४ मंसिर २०८१, १५ : १६

प्रतिक्रिया