सरकारले सभापति लामिछानेमाथि अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गर्‍यो : अध्यक्ष प्रचण्ड

सोमबार, २४ मंसिर २०८१, १५ : ३४

काठमाडौँ-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको प्रतिक्रिया दिएका छन् ।

लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थल हुँदै सोमबार पर्सा पठाउन लागिएको बेला प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो । 

“अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति माथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,” प्रचण्डले फेसबुकमा लेखेका छन् । Capture

सोमबार, २४ मंसिर २०८१, १५ : ३४

प्रतिक्रिया