काठमाडौं - सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनीले आइपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ निष्काशनको माग गर्दै बोर्डमा निवेदन दिएको हो । कम्पनीको आइपीओको लागि कम्पनीले मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रुपमा चयन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ५५ करोडको २० प्रतिशत अर्थात ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने छ ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ ।
प्रतिक्रिया