सेन्चुरी इनर्जीद्वारा ८.५ प्रतिशत लाभांश घोषणा

मंगलबार, २५ मंसिर २०८१, ११ : ५०

काठमाडौं - सेन्चुरी इनर्जी लिमिटेडले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ ।

सभामा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८०\८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सेन्चुरी इनर्जीले प्रतिकित्ता २७५.११ रुपैयाँमा ३ लाख कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले प्रिमियममा आइपीओ बिक्रीका लागि स्वीकृति मागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ ।
 

मंगलबार, २५ मंसिर २०८१, ११ : ५०

प्रतिक्रिया