गायिका मेलिनाको स्वर रहेको ‘मैले जिउने संसार’ सार्वजनिक

मंगलबार, २५ मंसिर २०८१, १४ : ३७

काठमाडौं - गायिका मेलिना राई र गायक बलबहादुर राजबंशीको स्वर रहेको ‘मैले जिउने संसार’ सार्वजनिक भएको छ । 

रमेश मास्केको शब्द रहेको गीतमा सङ्गीत स्वयम् गायक बलबहादुर राजवंशीकै छ । गीतमा सङ्गीत संयोजन सुरज श्रेष्ठले गरेका हुन् । गीतमा नायक कुङ्साङ्ग बोम्जन र आरजु चौधरी राजबंशीको अभिनय देख्न सकिन्छ ।

गीतको छायाङ्कन तथा सम्पादन पवन सुसलिङले गरेका हुन् । जीवन शाहीको निर्देशन रहेको भिडियोमा कुङ्साङ्ग र आरजुको रोमान्टिक अन्दाज देख्न सकिन्छ । 

मंगलबार, २५ मंसिर २०८१, १४ : ३७

प्रतिक्रिया